महानगर यातायातका थप १६ विद्युतीय बस सञ्चालन
annapurnapost.com · Wed Jun 03 06:46:37 GMT 2026

काठमाडौं : महानगर यातायात प्रालिले थप १६ वटा विद्युतीय वस सञ्चालनमा ल्याएको छ । बुधबार काठमाडौंमा सशिला मोटर्स प्रालिले महानगर यातायात प्रालिलाई विद्युतीय बस हस्तान्तरण गरेको हो । ३३ सिट क्षमता भएको नयाँ विद्युतीय बस उभिएर यात्रा गर्ने यात्रुहरुका लागि पनि सहज डिजाइन गरिएको बताईएको छ ।
चीनबाट आयात गरेको उक्त बसमा १ सय ४४ किलोवाट क्षमताको सिएटिएल ब्याट्री प्रयोग भएको छ भने एक पटकको फूल चार्जमा २ सय किलोमिटर यात्रा तय गर्न सक्ने महानगर यातायातले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)