मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ऊर्जा क्षेत्रको विकासका लागि इप्पानको विशेष छलफल आज बालुवाटारमा

arthasansar.com

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले ‘ऊर्जा क्षेत्रको विकासका लागि अबको इप्पान’ विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम आज अपराह्न ४ बजे बालुवाटारस्थित सिल्भर वर्क पार्टी प्यालेसमा आयोजना गर्ने भएको छ।

कार्यक्रममा इप्पानको संस्थागत सुदृढीकरण, नेतृत्व चयन प्रणाली, विधान संशोधन तथा ऊर्जा क्षेत्रको समग्र विकासका विषयमा गहन छलफल हुने जनाइएको छ। २१औँ वार्षिक साधारणसभाबाट गठन गरिएको विधान संशोधन तथा पुनर्लेखन समितिले तयार पारेको संशोधित विधान २३औँ वार्षिक साधारणसभाबाट पारित भएपछि त्यसको कार्यान्वयन तथा आगामी नेतृत्व चयन प्रक्रियाबारे सरोकारवालासँग सुझाव संकलन गरिने आयोजकले जनाएको छ। इप्पानको २४औँ वार्षिक साधारणसभाको प्रमुख एजेन्डा बनेको विधान संशोधनका विषयमा ऊर्जा उद्यमी, लगानीकर्ता तथा अन्य सरोकारवालाको धारणा संकलन गर्दै आगामी निर्वाचनको रणनीति तय गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइएको छ। साथै संस्थाभित्र देखिएका व्यवस्थापकीय चुनौती, नेतृत्व प्रणालीमा सुधार तथा ऊर्जा क्षेत्रको विकासका लागि आवश्यक नीतिगत विषयमा समेत छलफल गरिनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)