तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर
lokaantar.com

तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको छ । विगत केही वर्षदेखि जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर छ भने माछामा भने आत्मनिर्भर नरहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ ।
केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीले प्रति व्यक्ति प्रति वर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा तनहुँमा ११५.५ लिटर उपलब्धता रहेको जानकारी दिए । त्यस्तै १४ केजी मासु आवश्यक पर्नेमा १४.२ केजी केजी मासु उपलब्धता छ । ४८ गोटा अण्डा आवश्यक पर्नेमा ८१ गोटा अण्डा उपलब्धता रहेको ठकुरीले बताए । यो हिसाबले प्रति व्यक्तिका लागि दूधमा २४.५४ लिटर, मासुमा ०.२ केजी र अण्डामा ३३ गोटा बढी उत्पादन भइरहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)