आज संविधान दिवस मनाइँदै
canadanepal.com · Sat Sep 19 01:38:06 GMT 2026

काठमाडौं - आज असाेज ३ गते, संविधान दिवस । स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ३ असोज २०७२ मा संविधानसभाबाट नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउने गरिन्छ ।
संविधान दिवसका उपलक्ष्यमा संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी संघ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाद्वारा पनि विभिन्न कार्यक्रमको आयोजना हुँदै छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)