कपिलवस्तुमा नियम उलंघन गर्ने १० हजार ७३३ सवारीलाई कारबाही गर्दा उठयो १ करोड ३३ लाख राजस्वमा
nagariknews.nagariknetwork.com · Sat Jul 18 12:05:27 GMT 2026

कपिलवस्तुमा ट्राफिक नियम उल्लघंन गर्ने १० हजार ७३६ सवारी साधनलाई कारबाही गरिएको छ । गत आर्थिक वर्ष २०८२/०८३ मा ट्राफिक नियम पालना नगर्ने त्यति संख्या सवारीलाई ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको हो । सवारी कार्याबाहीबाट १ करोड ३३ लाख ८४ हजार राजस्व संकलन भएको ट्राफिक कार्यालय गोरुसिंगेका प्रमुख तथा ट्राफिक प्रहरी निरीक्षक राजन ढकालले बताए ।
अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा भने १३ हजार ३७५ सवारी कारबाहीबाट १ करोड ३७ लाख २१ हजार राजस्व उठेको थियो । अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्ष कारबाही संख्या कम भएको थियो । ट्रक र ट्याङकर गरी ६ हजार ४४२ कारबाही गरी ९० लाख ३ हजार राजस्व उठेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)