छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
onlinekhabar.com · Sat Jul 18 12:07:00 GMT 2026

२ साउन, काठमाडौं । नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा देशभरका छुट्टाछुट्टै सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको जानकारी दिएको छ । प्रहरीको केन्द्रीय समाचार डेस्कका अनुसार झापा, डडेलधुरा, कैलाली र रुपन्देहीमा भएका सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको हो ।
झापाको गौरीगंज गाउँपालिका–२ कृष्ण खोला छेउस्थित सडकमा शुक्रबार प्र.१–०२–००२ च ५१०१ नम्बरको कार र बीआर ३८ एच ५५४७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ रतुवामाई नगरपालिका–५ गोबिन्दपुर बस्ने ३० वर्षीय मोहम्मद नुर इस्लाम र मोटरसाइकलमा सवार ३५ वर्षीय एनबी मोजाबुल हकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)