चर्चित शिक्षक तथा युट्युबर खान सरको कोचिङ सेन्टरमा गोली प्रहार
techpana.com · Wed Jun 03 06:59:05 GMT 2026

काठमाडौँ । विहारको राजधानी पटनामा रहेको चर्चित शिक्षक तथा युट्युबर खान सरको कोचिङ सेन्टर बाहिर मङ्गगलबार चोली प्रहार हुनुका साथै तोडफोडको भएको छ । पटनाको मुसल्लहपुर हाट क्षेत्रमा रहेको सेन्टर बाहिर भएको आक्रमणमा एक सुरक्षाकर्मी घाइते भएका छन् । उनको हाल अस्पतालमा उपचार भइरहेको उल्लेख छ ।
खान सरले दिएको जानकारी अनुसार बिहार पुलिस भर्तीको नतिजामा उनका हजारौँ विद्यार्थीहरू उत्तीर्ण भएपछि उनको टोली व्यस्त र थकित थियो । त्यही समयमा केही 'असामाजिक तत्त्वहरू' संस्थानमा आएर कर्मचारीहरूलाई धम्की दिनुका साथै सुरक्षाकर्मीहरूमाथि कुटपिट सुरु गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)