मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महानगर यातायातले थप्यो नयाँ १६ वटा विद्युतीय बस

nepalpress.com · Wed Jun 03 06:56:21 GMT 2026

काठमाडौं । महानगर यातायात प्रा.लि.ले थप १६ वटा विद्युतीय बस संचालनमा ल्याएको छ ।

बुधबार काठमाडौंमा शशिला मोटर्स प्रा.लि.ले महानगर यातायात प्रा.लि.लाई विद्युतीय बस हस्तान्तरण गरेको हो ।

३३ सिट क्षमता भएको नयाँ विद्युतीय वस उभिएर यात्रा गर्ने यात्रुहरुका लागि पनि सहज डिजाइन गरिएको बताइएको छ । चीनबाट आयात गरेको उक्त बसमा १ सय ४४ किलोवाट क्षमताको सिएटिएल ब्याट्री प्रयोग भएको छ भने एक पटकको फूल चार्जमा २ सय किलोमिटर यात्रा तय गर्न सक्ने महानगर यातायातले जनाएको छ ।

नयाँ बसहरुको सेवा सुभारम्भ कार्यक्रममा महानगर यातायात प्रालिका सचिव केशव नेपालले अबका दिनमा विद्युतीय सवारी साधनको विकल्प नभएको भन्दै महानगर यातायातले यो सेवालाई थप विस्तार गर्दै लैजाने जानकारी दिए ।

महानगर यातायात प्रा.लि. ले २८ वटा सिटी वस र २४ वटा माइक्रो वस गरि ५२ वटा विद्युतीय सवारी संचालन गरिरहेको जानकारी दिएको छ ।

Kathmandu. Mahanagar Yatayat Pvt. Ltd. has brought 16 more electric buses into operation.

On Wednesday, Shashila Motors Pvt. Ltd. handed over an electric bus to Mahanagar Yatayat Pvt. Ltd. in Kathmandu.

The new electric bus, which has a capacity of 33 seats, is designed to be comfortable for standing passengers. The bus, imported from China, uses a 144 kWh CATL battery and can travel 200 kilometers on a single full charge, according to the Metropolitan Transport Authority.

At the launch of the new bus service, Mahanagar Yatayat Pvt. Ltd. Secretary Keshav Nepal said that there is no alternative to electric vehicles these days and informed that Mahanagar Yatayat will continue to expand this service further.

Mahanagar Yatayat Pvt. Ltd. has informed that it is operating 52 electric vehicles, including 28 city buses and 24 micro buses.

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय