मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपालमा आयतित खनिज र इन्धन कारोबार

rajdhanidaily.com · Mon Mar 07 23:25:21 GMT 2022

विगतका केही अगाडिका मूल्य परिवेशतर्फ हेर्दा इन्धनको मूल्य २०२२ मार्चमा बढाउँदा पनि निगमलाई दिनमा ३ अर्ब रुपैयाँ घाटा भएको देखिन्छ । बाह्य बजारमा कच्चा तेलको मूल्य बढेकाले त्यसको असर स्थानीय बजारमा पर्दै आएको छ । आयल निगमले पुनः इन्धनको मूल्य बढाउन लागेको देखिन्छ । भारतीय आयल निगमले २०२२ मार्चमा पठाएको मूल्यसूचीअनुसार बढेर आएकोले पुनः मूल्य बढाउन लागेको भनिन्छ । तर, गुनासो यहाँ छ कि जहिले पनि इन्धनको मूल्य बढाए पनि निगम जहिले पनि घाटामा रहेको बताइन्छ । नयाँ सूचीअनुसार अर्थात् १ मार्च २०२२ मा पठाएको सूचीअनुसार पेट्रोलप्रति लिटर ३ दशमलव ८०, डिजेल ३ दशमलव ८, मट्टीतेल १०.३०, हवाई इन्धन ३.३२, एलपीजी ११.१७ मूल्य बढेर आएकोले १५ दिनमा ३ अर्ब ९ करोड घाटा निगमको भनाइ छ । यही हिसाबले प्रत्येक इन्धन पदार्थमा घाटा झन् बढी लागत पर्दछ ।

२०७८ साल फाल्गुन १९ मा ९३ रुपैयाँमा किनेको पेट्राल १ सय ५० मा बेच्दा पनि १६ घाटामा रहको बताइन्छ । २०७८ फाल्गुन १७ मा इन्धन मूल्य फेरि बढेर आएको भारतीय आयल निगमले बताएको छ । हरेक महिनाको १ र १६ तारिखमा इन्धन मूल्य समायोजन गरेर आउने चलन छ । सोही आधारमा इन्धन मूल्य कायम गर्छ । तर, नेपाल आयल निगमले हिसाब र मापदण्ड मिलाएर मूल्य वृद्धि गरेको छ तर आफू खुसी हिसाब मिलाएर इन्धन मूल्यमा १२ महिना १२ कालमा नै आयल निगम घाटामा रहेको चित्रण गरी आएको छ । लगातार मूल्य बढाउँदै आएको आयल निगमले २०७८ साल फाल्गुनमा भने मूल्य बढाएन । मूल्य समायोजन गर्दा २०७८ साल फागुन अन्तसम्म ३ अर्ब ९ करोड रुपैयाँ घाटामा रहेको बताइन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)