आज संविधान दिवस मनाइँदै
khabarhub.com · Sat Sep 19 01:42:43 GMT 2026

काठमाडौं – आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको स्मरणमा यो दिवस राष्ट्रिय दिवसका रूपमा मनाउने गरिएको हो।
संविधान दिवसका अवसरमा संघ, प्रदेश र स्थानीय तहदेखि विभिन्न राजनीतिक दल, संघसंस्था तथा नागरिकस्तरमा विविध कार्यक्रम आयोजना हुँदैछन्। काठमाडौंमा हुने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित राज्यका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)