मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेलायती महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन भारतीय राष्ट्रपति मुर्मु लण्डनमा

Ujyaaloonline.com · Sun Sep 18 00:58:08 GMT 2022

बेलायती महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन भारतीय राष्ट्रपति द्रोपदी मुर्मु लण्डन पुग्नुभएको छ । उहाँले अन्त्येष्टि समारोहमा सहभागी भइ भारतको तर्फबाट महारानीप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुने छ । त्यसैगरी अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन पनि अन्त्येष्टिमा सहभागी हुने तयारी छ ।

एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा चीनको तर्फबाट भने उपराष्ट्रपति वाङ क्विशान सहभागी हुने कार्यक्रम छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको विशेष प्रतिनिधिका रुपमा उहाँले सहभागिता जनाउनुहुने भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)