एक्सप्रेस-टी ई-ट्याक्सीको बालकुमारी सर्भिस सेन्टर अब दैनिक १५ घण्टा खुला रहने
nepalsamaya.com · Wed Jun 03 07:05:50 GMT 2026

काठमाडौं- एक्सप्रेस-टी विद्युतीय ट्याक्सीले चालक तथा प्रयोगकर्ताको सहजताका लागि बालकुमारीस्थित आफ्नो डेडिकेटेड सर्भिस सेन्टरको सेवा समय विस्तार गरेको छ। अब यो सर्भिस सेन्टर बिहान ७ बजेदेखि राति १० बजेसम्म गरी दैनिक १५ घण्टा खुला रहनेछ।
यसअघि बिहान ९:३० देखि साँझ ५:३० बजेसम्म मात्र खुल्ने गरेकोमा समय विस्तार गरिएपछि चालकहरूले आफ्नो व्यस्त समय अनुकूल मर्मत सम्भारको सेवा लिन सक्नेछन्।कम्पनीले चाँडै नै गोंगबु र भक्तपुरस्थित सर्भिस सेन्टरहरूमा पनि यो नयाँ समय तालिका लागू गर्ने योजना बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)