मूल्यवृद्धि डेढ वर्षयताकै उच्च
gorkhapatraonline.com · Sat Sep 19 01:47:49 GMT 2026

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् साउनमा महँगी अत्यधिक बढेको छ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार साउनमा महँगी दर ५.९६ प्रतिशत पुगेको छ । जुन पछिल्लो डेढ वर्षयताकै उच्च हो । यसअघि २०८१ मङ्सिरमा महँगी दर ६.०५ प्रतिशत थियो । गत वर्ष साउनमा यस्तो दर १.६८ प्रतिशत मात्र थियो ।
प्रतिवेदन अनुसार साउनमा खाद्य तथा पेयपदार्थ समूहको महँगी ६.७७ प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको महँगी दर ५.५२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिना खाद्य तथा पेयपदार्थ समूहको महँगी दर बुझाउने मुद्रास्फीति २.२८ प्रतिशतले ऋणात्मक रहेको थियो भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)