मूल्य वृद्धि करिब ३ प्रतिशतले बढ्यो, मूल्यवृद्धि ५.९६ प्रतिशत पुग्यो
arthasansar.com · Sat Sep 19 01:46:08 GMT 2026

नेपाल राष्ट्र बैंकले मूल्य वृद्धि बढेको ज नाएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।
राष्ट्र बैंकका अनुसार उपभोक्ता मुद्रास्फीति २०८३ साउन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.६८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.७७ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.५२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.२८ प्रतिशतले ऋणात्मक रहेको थियो भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)