अलैँचीको मूल्य घट्यो
gorkhapatraonline.com · Sat Sep 19 01:57:13 GMT 2026

नयाँ फसल (उत्पादन) निस्किन थालेसँगै कारोबार सुरु भएको अलैँचीको मूल्य अहिले प्रतिमन १४ हजार रुपियाँले घटेको छ । अलैँचीको कारोबार भदौ पहिलो सातादेखि सुरु भएको हो । भदौ पहिलो सातामा सदरमुकाम फुङलिङ बजारमा प्रतिमन ९६ हजार रुपियाँले अलैँचीको कारोबार भएको थियो । असोजमा यो दर ८२ हजार रुपियाँमा झरेको छ ।
अलैँचीको सुरुको मूल्य करिब दुई सातासम्म कायम रहेको र भदौ तेस्रो सातादेखि मूल्य निरन्तर घटेको अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)