बादलको काँधमा ओलीको बेडा
nepalviews.com · Sat Sep 19 01:58:12 GMT 2026

एमालेवृत्तमा अहिले विशेष चर्चा छ– ‘ग्याङ अफ गुन्डु’ मा अन्ततः चार जना बाँकी रहे । रामबहादुर थापा ‘बादल’, महेश बस्नेत, विष्णु रिमाल र स्वयं अध्यक्ष केपी शर्मा ओली । ओलीलाई अरु कसैको भर छैन । यीमध्ये रिमाल पदाधकारी समूह र पार्टी सचिवालय सदस्य छैनन् । रिमाल ‘ग्याङ अफ फोर’ का अनौपचारिक सदस्य हुन् । र, ‘ग्याङ अफ फोर’ जो कम्युनिस्ट विश्वको एक बहुचर्चित मिथकजस्तै हो ।
यीमध्ये पनि उपाध्यक्ष तथा पार्टी संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ को भूमिका बढो बेजोड छ । लाग्छ– ओली बेडाको आधाभन्दा बढी बोझ कमरेड बादलले बोकेका छन् । नेपाली राजनीतिको इतिहासले बादललाई कसरी संझिन्छ वा संझना गर्न योग्य नै ठान्दैन त्यो भविष्यले नै बताउला तर, उनले उठाएका वा उठाइदिएका बेडा भने साना छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)