राष्ट्रिय लक्ष्य प्राप्तिका लागि सबै प्रतिबद्ध हुनुपर्छ : प्रदेश प्रमुख मियाँ
ratopati.com · Sat Sep 19 02:02:12 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले राष्ट्रिय लक्ष्य प्राप्तिका लागि सबै नेपाली, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र तथा राज्यका विभिन्न तह र तप्काबाट आ–आफ्नो क्षेत्रबाट प्रतिबद्ध भएर लाग्नुपर्ने बताएका छन्।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख मियाँले संविधानले परिकल्पना गरेको विविधताबीचको एकता, सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्दै आर्थिक समानता र समृद्धिमार्फत सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणको राष्ट्रिय लक्ष्य प्राप्तिका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)