मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल औपचारिक रूपमा CALI को सदस्य बन्यो, सदस्यता सम्झौतामा हस्ताक्षर

barnanmedia.com · Sat Sep 19 01:56:04 GMT 2026

Council of Asian Legislative Institutions (CALI) सम्बन्धी सम्झौता संसदबाट अनुमोदन भएपछि आज हस्ताक्षर सम्पन्न भएको छ। १७ सेप्टेम्बर २०२६ मा गणतन्त्र कोरियाका माननीय कानून मन्त्री तथा CALI का अध्यक्ष चो वोन-चुल र नेपालका कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव श्री पाराश्वर ढुंगानाज्यूबीच CALI को सदस्यतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। यसबाट नेपाल CALI को सदस्य राष्ट्र बनेको छ।

CALI एशियाली विधायिकी संस्थाहरूबीच कानून तर्जुमा, विधायिकी नीति, कानूनी सूचना तथा कानून सुधारका अनुभव र असल अभ्यास आदानप्रदान गर्ने अन्तरसरकारी संयन्त्र हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)