तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माण कार्य ५० प्रतिशत पूरा
hamrakura.com · Wed Jun 03 00:00:00 GMT 2026
तनहुँ। तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज-१ अन्तर्गत निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँधको निर्माण ५० प्रतिशत सकिएको छ । आयोजना २०८१ साल चैत ७ गतेदेखि शुरू भएको हो ।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार बाँध निर्माणका लागि कुल आठ लाख ५० हजार घनमिटर कङ्क्रिट गर्नुपर्नेमा हालसम्म चार लाख २४ हजार १२० घनमिटर कङ्क्रिट गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)