बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्दै जापान
ratopati.com · Wed Jun 03 07:36:37 GMT 2026

टोकियो । जापानको एक सरकारी प्यानलले सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूको जिम्मेवारी बढाउँदै कडा उमेर प्रमाणीकरण र केही सुविधाहरूमा सीमितता लागू गर्न सुझाव दिएको छ ।
सञ्चार मन्त्रालय अन्तर्गतको उक्त प्यानलले किशोर–किशोरी प्रयोगकर्ताहरूलाई अनलाइन जोखिमबाट जोगाउन नयाँ उपायहरू प्रस्ताव गरेको हो । समाचार संस्था क्योदो न्युजका अनुसार यी प्रस्तावहरूमा सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्ताको उमेर अझ कडाइका साथ जाँच गर्नुपर्ने र आवश्यक परे केही फिचरहरूमा प्रतिबन्ध लगाउनुपर्ने उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)