‘बुकी फूल’ को शुभमुहूर्त
gorkhapatraonline.com · Sat Sep 19 02:18:26 GMT 2026

कास्कीको सिक्लेसमा नेपाली चलचित्र ‘बुकी फूल’ को शुभमुहूर्त गरिएको छ । गुरुङ समुदायको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक परिवेशलाई कथावस्तु बनाइएको चलचित्रको छायाङ्कन सिक्लेस र आसपासका क्षेत्रमा गरिने भएको छ । गुरुङ समुदायको सांस्कृतिक परम्परा अनुसार शुभकार्यमा गरिने पूजाविधि सम्पन्न गरी चलचित्रको शुभमूर्हत गरिएको हो ।
चलचित्रमा अभिनेता दयाहाङ राई, अभिनेत्री संस्कृति गुरुङ, कलाकार पुष्कर गुरुङ, प्रकाश घिमिरे, कविता आलेमगर, माया गुरुङ, विश्वास गुरुङ, राजेश गुरुङ, एन्सर्ज गुरुङ, टीकाराम घले, ओसिन गुरुङ, लालशोभा गुरुङ, मनबहादुर गुरुङ, वेदबहादुर गुरुङ श्यामलगायतका कलाकारको अभिनय रहने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)