मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

ऐतिहासिक भैरव नाच प्रदर्शनी

gorkhapatraonline.com · Sat Sep 19 02:16:45 GMT 2026

नेवार समुदायको मौलिक सांस्कृतिक पहिचानका रूपमा रहेको भैरव नाच भइरहेको छ । श्रीकृष्ण जन्माष्टमीका दिनदेखि सुरु हुनुपर्ने भैरव नाच यस वर्ष रसुवामा आएको बाढीको घटनापछि शोकका कारण रोकिएको थियो । भूमिकास्थान नगरपालिका–८, हटियामा भैरव नाच संरक्षण समितिको आयोजनामा नाच सुरु गरिएको हो । स्थानीयवासी, संस्कृति संरक्षणकर्मी र गुठियारको सहभागितामा धार्मिक तथा सांस्कृतिक विधि अनुसार नाच सुरु गरिएको समितिले जनाएको छ ।

देउसी–भैलोको मादल बज्नुअघि भैरव नाच विसर्जन गर्नुपर्ने स्थानीय मान्यता रहेको संस्कृति अभियन्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले तान्त्रिक विधिबाट सुरु हुने यो नाच राति सूर्यास्तपछि सुरु भई बिहान भाले बास्नुअघिसम्म नाच्ने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)