धेरैपटक जातीय दुर्व्यवहार सामना गरेको उदीयमान स्टार फुटबलर यामालको खुलासा
kendrabindu.com · Sat Sep 19 02:15:46 GMT 2026
काठमाडौं । बार्सिलोनाका फरवार्ड लामिन यामालले आफूले कयौँपटक जातीय दुर्व्यवहारको सामना गरेको बताएका छन् । धेरै मानिसलाई आफ्ना व्यवहारले दुर्व्यवहार भएको पत्तै नहुने जस्तो देखिएको उनको भनाइ छ । १९ वर्षीय उदीयमान स्टार फुटबलर यामालले आफूले हजारौँ पटक जातीय दुर्व्यवहारको सामना गरेको बताएका हुन् ।
अक्टोबर २०२४ मा सेन्टियागो बर्नाबेउमा रियल मड्रिडविरुद्धको खेलका क्रममा तीन खेलाडीमाथि जातीय दुर्व्यवहार भएको थियो । यामाल, राफिन्हा र अन्स फाटी त्यसको सिकार भएका थिए । जातीय दुर्व्यवहारका घटना निगरानी गर्ने स्पेनिस संस्थाले सन् २०२५ को अन्तिम त्रैमासिकसम्म स्पेनमा यामाल र भिनिसियस जुनियरले धेरै अनलाइन दुर्व्यवहार भोगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)