कुवेत विमानस्थलमा आक्रमण
gorkhapatraonline.com · Wed Jun 03 07:40:36 GMT 2026

इरान र संयुक्त राज्य अमेरिकाबिच बढ्दो सैन्य तनावबिच बुधबार कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण भएपछि व्यापारिक उडान तत्कालका लागि स्थगित गरिएको छ । यस घटनामा धेरै मानिस घाइते भएका छन् र विमानस्थल संरचनामा गम्भीर क्षति पुगेको कुवेतले जनाएको छ ।
कुवेतको रक्षा मन्त्रालयका प्रवक्ता ब्रिगेडियर जनरल साउद अब्दुलाजिज अल-ओतैबीका अनुसार ‘धेरै शत्रुतापूर्ण ड्रोन’ ले विमानस्थलको यात्रु भवनलाई लक्षित गरी आक्रमण गरेका थिए । आक्रमणपछि भवनमा ठूलो क्षति पुगेको र धेरै व्यक्ति घाइते भएको पुष्टि गरिएको छ । इरानसँगको युद्धका कारण अस्थायीरूपमा बन्द रहेको विमानस्थल हालै जुन १ मा मात्र पुनः सञ्चालनमा आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
डोनाल्ड ट्रम्प