राष्ट्रपतिप्रति ओलीको कटाक्ष- बडो जुक्तिसाथ लोकतन्त्र बचाएँ भन्दै जेमा पनि सही गर्दै छन्
nepalpress.com · Wed Jun 03 07:39:20 GMT 2026

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्। सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै संविधान विपरीत गतिविधि हुँदा पनि रबर स्टाम्प बनेको बताए।
उनले भने, ‘प्रधानमन्त्री बन्न संविधान चाहिएन, संविधान विपरीतको प्रधानमन्त्री बन्छ, संविधान विपरीत प्रतिनिधि सभा भङ्ग हुन्छ। अनि, सम्माननीय राष्ट्रपतिजी भन्नुहुन्छ– बडो जुक्तिले लोकतन्त्र बचाए भनेर। अहिलेसम्म आइपुग्दा राष्ट्रपतिजी रबर स्टाम्प बनेर जुन चिज गर्न नपर्ने हो, संविधानको रक्षक र पालकको हैसियतमा, त्यो नगरेर जुन चिज नगर्नु पर्ने हो, त्यो गरेर जेमा पनि हस्ताक्षर गर्ने काम राष्ट्रपतिज्यू गर्नुभएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)