‘लज्जावती’को डान्सिङ गीत ‘दिलको मोटर’ सार्वजनिक
kendrabindu.com · Sat Jul 18 13:00:45 GMT 2026

काठमाडाैं । आगामी साउन २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘लज्जावती’को पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गीतमा बाबुल गिरीको शब्द तथा संगीत अनि सहिमा श्रेष्ठ र रवी ओडको स्वर सुन्न सकिन्छ ।
कवीराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरु मुकुन भुषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजाल फिचर्ड छन् । डान्सिङ नम्बरको रुपमा तयार पारिएको गीतको अडियो उत्कृष्ट सुनिन्छ । भिडियोले पनि दर्शकको मन जित्ने अपेक्षा निर्माण टिमको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)