मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

११औं आइसिटी अवार्डको अनलाइन नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

kendrabindu.com · Sat Jul 18 13:03:59 GMT 2026

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा परिचित आइसिटी अवार्डको ११औँ संस्करणका लागि अनलाइन नोमिनेसन (आवेदन) साउन १ गतेदेखि खुला गरिएको छ। १६ वटा अवार्ड विधामा खुला गरिएको नोमिनेसनमा प्रदेशस्तरदेखि दक्षिण एसियाली देशहरूलाई समेट्ने केही अन्तर्राष्ट्रिय अवार्डहरू पनि समावेश गरिएका छन्।

लिभिङ विथ आइसिटीको आयोजनामा सन् २०१६ देखि सुरु भएको आइसिटी अवार्डको नोमिनेसन हरेक वर्ष साउन १ गतेदेखि खुला गरिँदै आएको छ। पुसको पहिलो साता आयोजना हुने ग्रान्ड फिनाले कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट २ हजारभन्दा बढीको प्रत्यक्ष सहभागिता रहने गर्दछ। आइसिटी अवार्ड सम्भवतः नेपालकै सबैभन्दा ठूलो र प्रतिष्ठित प्रविधि अवार्डका रूपमा परिचित छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)