सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा
kendrabindu.com · Sat Jul 18 13:07:12 GMT 2026

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरुको तत्कालको वित्तीय आवश्यकतालाई सहज र सर्वसुलभ सम्बोधन गर्ने उद्देश्यका साथ नयाँ कर्जा योजना ‘सिद्धार्थ गोल्ड लोन’ सार्वजनिक गरेको छ । जसअन्तर्गत ग्राहकहरुले आफ्नो सुन तथा सुनका गरगहनाहरु धितो राखी बैंकबाट आवश्यक कर्जा रकम प्राप्त गर्न सक्नेछन् ।
यस योजना अन्तर्गत ग्राहकहरूले अधिकतम रु ५० लाखसम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् भने धितो सुनको मूल्यांकनका आधारमा अधिकतम ७५ प्रतिशतसम्म बैंकद्वारा कर्जा प्रवाह गरिने छ । यस सुविधामार्फत ग्राहकहरूले आफ्नो व्यक्तिगत तथा व्यावसायिक आवश्यकता सहज रूपमा पूरा गर्न सक्ने भन्ने विश्वास बैंकले लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)