आज र भोलि भारी वर्षाको चेतावनी, जोखिम जिल्लामा राति सवारी आवागमन रोक्न निर्देशन
shilapatra.com · Sat Jul 18 12:46:00 GMT 2026

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीपहिराेकाे उच्च जोखिमयुक्त जिल्लामा रातिको समयमा सवारी आवागमन रोक्न निर्देशन दिने निर्णय गरेकाे छ । शनिबार बसेकाे प्राधिकरणकाे मनसुन प्रतिकार्य कमान्ड पोष्टको बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
बैठकले आवश्यकता अनुसार जुनसुकै बेला सवारी सञ्चालन बन्द गर्न सम्बन्धित जिल्ला सुरक्षा समितिलाई निर्देशन दिने निर्णय बैठकले गरेको प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार काेइरालाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)