मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

श्रेयस अय्यर बने भारतको नयाँ टी-२० कप्तान, १५ वर्षीय वैभव सूर्यवंशी पहिलोपटक राष्ट्रिय टोलीमा

canadanepal.com · Sat Jun 06 13:04:05 GMT 2026

काठमाडौँ - भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आयरल्यान्ड र इङ्ग्ल्यान्डविरुद्ध हुने टी-२० सिरिज तथा जापानमा आयोजना हुने एशियन गेम्सका लागि भारतीय टोली घोषणा गरेको छ। शनिबार मुख्य छनोटकर्ता अजित अगरकरको नेतृत्वमा बसेको वरिष्ठ पुरुष छनोट समितिको बैठकले टोली सार्वजनिक गरेको हो।

घोषित टोलीमा श्रेयस अय्यरलाई भारतको नयाँ टी-२० कप्तानको जिम्मेवारी दिइएको छ। यसअघि कप्तानी सम्हाल्दै आएका सूर्यकुमार यादव यसपटक टोलीबाटै बाहिरिएका छन्। उनी केवल कप्तानीबाट मात्र होइन, राष्ट्रिय टोलीको अन्तिम सूचीबाट पनि बाहिर परेका हुन्। तिलक वर्मालाई उपकप्तानको जिम्मेवारी दिइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)

सम्बन्धित विषय