मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

आँखा पाकेका व्यक्तिलाई हेर्दैमा रोग सर्दैन [भिडियो]

swasthyakhabar.com · Sun Aug 20 00:21:00 GMT 2023

अहिले देशभर आँखा पाक्ने, रातो हुने रोगको समस्या भइरहेको छ। आँखा पाक्ने अथवा रातो हुने २÷४ वटा कारणले हुनसक्छ। त्यसमध्ये ब्याक्टेरियाले हुनसक्छ, भाइरस र एलर्जीले गर्दा पनि हुनसक्छ। अहिले एडिनो भाइरस र इन्टेरो भाइरसका कारण आँखा पाक्ने समस्या देखिइरहेको छ। अझै रिसर्च त हुँदै छ। सुरुमा एडिनो भाइरस मात्रै भनेर सस्पेक्ट गरेका थियौं। अब अहिले इन्टेरो भाइरस पनि देखापरेको छ।

यसको लक्षणहरु पहिला त आँखा रातो हुन्छ। सुरुमा एउटा आँखा रातो हुन्छ र केहि दिनपछि अर्को आँखा रातो हुन्छ। त्यसपछि आँखाको ढकनी (आइलिड) सुन्नीन सक्छ। आँखाबाट आँसु आउन सक्छ। कचेरा आउँन सक्छ। आँखामा बालुवा छिरेको अनुभव हुनसक्छ। आँखा चिलाउने हुनसक्छ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)