प्रहरीलाई ढाँटे रविले, सिधैं अदालत हाजिर भएर धरौटीमा छुट्ने योजनामा
barnanmedia.com · Fri Jan 10 22:40:15 GMT 2025

रास्वपा सभापति एवं ग्यालेक्सी टिभीका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले बिहीबार जिल्ला अदालत कास्कीमा अनुनयविनय गरे, धरौटीमा रिहाका लागि। कास्की अदालतका न्यायाधीश नीतिज राईको इजलाशले सूर्यदर्शन सहकारी ठगी मुद्दामा रवि, प्रहरीका पूर्वडिआइजी छविलाल जोशीसहित प्रहरी हिरासतमा रहेका सातै जनालाई धरौटीमा रिहा गर्यो। रवि र छविविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दा पनि छ। त्यही भएर प्रहरीले मुद्दा दायर गर्दा नै रिहा भएमा आफूहरुलाई जिम्मा लगाउन अनुरोध गरेको थियो। यसअघि रविप्रति कडा प्रस्तुत भएको कास्की प्रहरी यसपटक लचक भयो। रविले ६५ लाख धरौटी बुझाएपछि उनलाई शुक्रबार बिहान १० बजे काठमाडौं प्रहरी परिसरमा हाजिर हुने सर्तमा छोड्यो। कार्यवाहक सभापति डिपि अर्यालले जिम्मा लिएका थिए।
तर, शुक्रबार भने रवि काठमाडौं प्रहरीमा उपस्थित भएनन्। प्रहरीबाट छुट्दा काठमाडौं प्रहरीमा जाने भनिए पनि त्यसपछि भने घटनाले मोड लियो। रास्वपा कार्यवाहक प्रवक्ता मनिष झा, नेता दीपक बोहराहरुले भने अदालतमा हाजिर हुने भन्दै शुक्रबार दिनभर मिडियालाई प्रतिक्रिया दिइरहे। कतिबेला सडक त कतिबेला स्थलमार्गबाट आउने जानकारी दिएपनि रवि काठमाडौं आएनन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)