कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी आक्रमण, इरानमाथि अमेरिकाको जवाफी हमला
onlinekhabar.com · Wed Jun 03 08:03:21 GMT 2026

२० जेठ, काठमाडौं । इरानको ड्रोन र मिसाइल आक्रमणबाट कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै मानिस घाइते भएका छन्। बुधबार कुवेतको सरकारी समाचार एजेन्सीले जनाएअनुसार आक्रमणलगत्तै उडानहरू रोकिएको छ भने विमानहरूलाई अन्य विमानस्थलतर्फ डाइभर्ट गरिएको थियो।
कुवेत नागरिक उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै रिपोर्टमा अन्तर्राष्ट्रिय विमानस्थलको ‘टी-१’ भवनमा आक्रमण भएको जनाइएको छ। मिसाइल आक्रमणविरुद्ध गरिएको प्रतिरक्षा फायरिङबाट खस्न सक्ने भग्नावशेषबाट सावधान रहन नागरिकहरूलाई चेतावनी दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ