काठमाडौंका यी स्थानमा कतिबेर जाँदैछ विजुली ?
ratopati.com · Fri Jan 10 23:16:00 GMT 2025

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी लाइन मर्मत एवम् विस्तारका लागि विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो ।
प्राधिकरणले क्षेत्रपाटी फिडर अन्तर्गत पर्ने टेकु विष्णुमति करिडोरमा भूमिगत केवल लाइन मार्फत पुष्पलाल पार्कमा रहेको ट्रान्सफरमर टावरमा जडान गरी ओभरहेड लाइन जडानका लागि लाइन कटौती हुने नाएको छ । सो कार्यका लागि क्षेत्रपाटी चोक, पकनाजोल, टहिटी चोक, ज्याठालगायतका क्षेत्रमा एक बजेदेखि पाँच बजेसम्म लाइन कटौती हुने सूचनामा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)