मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

४५ डिग्री सेल्सियस तापक्रम बेहोरिरहेका कामदार बस्ने भवनको विद्युत् काटिएपछि…

rajdhanidaily.com · Tue Jun 18 23:08:22 UTC 2024

काठमाडौं । कुवेतमा आप्रवासी कामदार बस्ने भवनको बिजुली अचानक काटिदिएर उनीहरूलाई भवन छाडेर बाहिर बस्न बाध्य पारिएको छ । कुवेतका अधिकारीहरूले भवन संहिता लागू गरेपछि त्यहाँको बनिद अल–गार क्षेत्रमा तीनवटा भवनका बिजुली आपूर्ति काटिएको जनाएका छन् । यसले गर्दा धेरै आप्रवासी कामदार चर्को गर्मीमा सडकमा बस्न बाध्य भएका छन् ।

कुवेतमा अचानक उनीहरूलाई घरबाट निष्कासित गरिएको एक मिडिया रिपोर्टले उल्लेख गरेको छ । चर्को गर्मीको समयमा तीनवटा भवनका बिजुली र पानी आपूर्ति काटिएको जनाइएको छ । कुवेतको तापमान अहिले ४५ डिग्री सेल्सियसभन्दा माथि छ । जसले गर्दा त्यहाँका बासिन्दाहरूको समस्यालाई झनै बढाएको अरब टाइम्स अखबारले लेखेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)