मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीको आत्मालोचना सकारात्मक

ekantipur.com · Thu Jan 18 01:07:50 GMT 2024

केही दिनअघि काठमाडौंमा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले आँटेको र चाहेको जति काम गर्न बताएका थिए ।

आजसम्म नेपालमा जति प्रधानमन्त्री बने, तिनीहरू कसैले आफ्नो असफलतालाई आत्मसात गर्दै सार्वजनिक रूपमा दुःख प्रकट गरेको सुनिएको थिएन । तिनीहरूले अरूको कुरा नसुन्ने, घमण्डले चूर भएर ‘यो पनि गरें त्यो पनि गरें’ भन्दै उफ्रेर हिँडेकै कारण मुलुकको दुर्गति भएको हो । अधिकांश पूर्वप्रधानमन्त्रीहरू आफ्नो महत्त्व वढाउन अरूको आलोचना गरेर थाकेको पाइँदैन । केही समयअघि पश्चिमदेखि पूर्वसम्मको संकल्प यात्रामा निस्केका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार र प्रचण्डको आलोचना गरेरै समय बिताए । उनले आफ्नो कमजोरी देखाउने गरी कहिल्यै आत्मसमीक्षा गरेको पाइएन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)