तीन घरमा चोरी, अनुसन्धानमा पेस्तोल बरामद
gorkhapatraonline.com · Sat Sep 19 03:04:05 GMT 2026

रौतहटको गरुडा नगरपालिका–७ भिमडावरमा तीनवटा घरमा भएको चोरीको घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक थान लोडेड कटुवा पेस्तोल बरामद गरेको छ ।
शुक्रबार बिहान करिब ९ः३० बजे भिमडावरका दयाराम साहको एकतले पक्की घरको पछाडिको ढोकाको आग्लो भाँचेर चोर घरभित्र प्रवेश गरी रेडमी, ओपो र रियलमीका तीन थान मोबाइल चोरी गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक शङ्करप्रसाद आचार्यले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)