ओपनएआईको नयाँ अपडेट : कोडेक्सले अब विन्डोज ११ कम्प्युटर पनि नियन्त्रण गर्न सक्ने
ictsamachar.com
काठमाडौं । ओपनएआईको कोडेक्स अब विन्डोज ११ कम्प्युटर पनि स्वचालित रूपमा सञ्चालन गर्न सक्षम भएको छ । ओपनएआईका अनुसार कोडेक्सको “Computer Use” फिचर अब विन्डोज ११ प्रणालीमा पनि उपलब्ध भएको छ । यसअघि यो सुविधा केवल macOS मा मात्र सीमित थियो ।
यो फिचरमार्फत कोडेक्सले कम्प्युटरको भर्चुअल माउस र किबोर्ड प्रयोग गरी विभिन्न एपहरू नियन्त्रण गर्न सक्छ । यसले प्रोग्राम चलाउने, डाटाबेस अपडेट गर्ने, ड्यासबोर्ड तयार गर्ने, प्रोजेक्ट समीक्षा गर्ने तथा वर्कफ्लो सम्बन्धी समस्याहरू समाधान गर्ने जस्ता कार्यहरू गर्न सक्षम बनाउँछ । अब यी सबै कामहरू विन्डोज ११ मा पनि सम्भव भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)
काठमाडौँ