मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बजेट निजी क्षेत्रका लागि ‘आधा सञ्चो आधा विसञ्चो’: उद्योग संगठन मोरङ

clickmandu.com · Wed Jun 03 08:25:46 GMT 2026

विराटनगर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटका बारेमा पूर्वका उद्योगी व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था उद्योग संगठन मोरङले प्रारम्भिक समीक्षा र धारणा सार्वजनिक गर्दै बजेट निजी क्षेत्रका लागि आधा सञ्चो, आधा विसञ्चोको संज्ञा दिएको छ । बजेट निजी क्षेत्रका लागि आसलाग्दो र निराशा दुवै मिश्रित भएको संगठनको अध्ययन छ ।

बजेटमा शासकीय सुधार, कानुनी झन्झटको अन्त्य, लगानी प्रवर्द्धन र प्रक्रियागत सरलीकरणका सवालमा इतिहासमै पहिलो पटक आक्रामक र क्रान्तिकारी प्रयासको संगठनले प्रशंसा गर्दै राजस्व संकलनको चापका कारण कर नीतिमा देखिएको स्पष्ट विरोधाभास, दोहोरो चरित्र र सुनसरी मोरङ औद्योगिक करिडोरका रणनीतिक पूर्वाधारमा उपेक्षा गरिँदा बजेट प्रति उद्योगी व्यवसायी उत्साहित हुन नसकेको भन्दै अर्थमन्त्रीलाई संस्थाले पुनः सुझाव प्रस्तुत गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)