हिमताल अध्ययनका लागि पहल
gorkhapatraonline.com · Sat Sep 19 03:06:44 GMT 2026

नेपाल र चीनको सीमाक्षेत्र अन्तर्गत चिनियाँ भूभागमा पर्ने पाँच वटा हिमतालबारे प्राविधिक टोलीद्वारा अध्ययन गराउन दुवै देशका स्थानीय अधिकारीले पहल गर्ने सहमति गरेका छन् । चीनको ताक्लाकोटमा सम्पन्न भएको सीमाक्षेत्रबारे अनौपचारिक रूपमा भएको छलफलमा दुई देशका स्थानीय अधिकारीबिच सहमति भएको हो ।
छलफलमा सम्भावित हिमतालबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न चीनका हिमालमा पर्ने हिमतालको प्राविधिक सम्मिलित टोली खटाएर अध्ययन गराउनेमा दुवै देशका स्थानीय अधिकारी सहमति भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले बताउनुभयो । उहाँका अनुसार त्यस विषयमा आआफ्नो देशका सङ्घीय सरकारसँग पहल गरिने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)