बजेट अभावले स्थानीय तह र प्रदेश मातहतका कार्यालयसमेत प्रभावित
news24nepal.tv · Sat Sep 19 03:08:13 GMT 2026

कैलाली । नयाँ आर्थिक बर्षमको दुई महिना बितदा समेत सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याउन नसक्दा यस प्रदेशको अर्थथन्त्र लगाएत समग्र क्षेत्र प्रभावित भएको छ । दुई महिनादेखि बजेट शुन्यताको अवस्थाबाट प्रदेश गुज्रदा कर्मचारीले तलब नपाउनेदेखि राजश्व संकलन, विकास निर्माणका भएका छन् । तर बजेट कहिले आउने भन्ने कुनै ठेगान छैन ।
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्षका दुई महिना बित्दा समेत नयाँ बजेट ल्याउन सकेको छैन । प्रदेशको विकास र समृद्धिको आधार बन्नुपर्ने बजेट नै राजनीतिक खिचातानीको बन्धक बनेको छ । आर्थिक २०८३\०८४को लागि बजेट पारित नहुँदा प्रदेश मातहतका कर्मचारीको तलबभत्तादेखि कार्यालय सञ्चालन, विकास निर्माण र सामाजिक क्षेत्रका कार्यक्रमसमेत प्रभावित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)