मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

रिभर फल्सको आईपीओ वैशाख २८ बाट

rajdhanidaily.com · Tue May 03 23:29:20 GMT 2022

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि वैशाख २८ गतेदेखि २७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन खुला गर्ने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार उक्त कम्पनीको आईपीओमा लगानीकर्ताले जेठ ४ गतेसम्म आवेदन दिन सक्ने छन् ।

कूल निष्कासनमध्ये ५४ हजार ६ सय कित्ता सेयर कम्पनीको कर्मचारीको लागि र १ लाख ३६ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)