मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संविधान संशोधनअघि पूर्ण कार्यान्वयनको समीक्षा आवश्यक - संविधानविद् अधिकारी

nepalviews.com · Sat Sep 19 03:12:18 GMT 2026

काठमाडौं । संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा. विपिन अधिकारीले संविधान संशोधन गर्नुअघि संविधानका प्रावधानहरू कति कार्यान्वयन भए र कार्यान्वयन हुन नसक्नुको कारण संविधान हो वा सरकार भन्ने विषयमा समीक्षा गर्नुपर्ने बताएका छन् ।

नेपालको संविधान जारी भएको एक दशक पूरा भएको सन्दर्भमा गरिएको विशेष संवादमा अधिकारीले संविधान संशोधनको प्रक्रिया सरकारले औपचारिक रूपमा अघि बढाउनुपर्ने बताए । उनका अनुसार सरकारले विभिन्न राजनीतिक दलले निर्वाचनका क्रममा गरेका प्रतिबद्धता र संविधान संशोधनका विषयमा साझा धारणा बनाउन गृहकार्य गर्न सक्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)