संखुवासभा, बर्दिया, चितवन र सर्लाहीमा भारी वर्षा
onlinekhabar.com · Sat Sep 19 03:20:43 GMT 2026

३ असोज, काठमाडौं । संखुवासभा, बर्दिया, चितवन र सर्लाहीका केही ठाउँमा भारी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा यी जिल्लामा भारी वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार संखुवासभामा ९४.५ र बर्दियामा ७५.२ मिलिमिटर वर्षा भएको छ । यो झन्डै धेरै भारी वर्षा नजिक हो । यस्तै, सर्लाहीमा ५३.८ र चितवनमा ५४.८ मिलिमिटर वर्षा भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)