बाजुराका ९६ बस्ती बाढीपहिरोको उच्च जोखिममा
gorkhapatraonline.com · Sat Sep 19 03:34:54 GMT 2026

बाजुराका नौवटै स्थानीय तहका करिब ९६ गाउँबस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । भिरालो भूभाग, कमजोर भू–बनोट, नदी कटान, अव्यवस्थित सडक निर्माण तथा जलवायु परिवर्तनको बढ्दो असरका कारण ती बस्ती बाढीपहिरोको उच्च जोखिममा परेका हुन् ।
विगतका वर्षदेखि जोखिममा रहेका यहाँका करिब ९६ गाउँबस्ती अहिले पनि स्थानान्तरणको पर्खाइमा छन् । स्थानीयले पटक–पटक सरकारसँग बस्ती स्थानान्तरणको माग गर्दै आए पनि राज्यले अझै सुरक्षित स्थानमा सार्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)