लगानीकर्ताहरूबाट करिब साढे ७ अर्ब डलर उठाउने चिनियाँ एआई स्टार्टअप डीपसीकको अपेक्षा
clickmandu.com · Wed Jun 03 08:50:14 GMT 2026

एजेन्सी । चिनियाँ एआई स्टार्टअप डीपसीकले टेन्सेन्ट होल्डिङ्स र सीएटीएल लगायतका लगानीकर्ताहरूबाट आफ्नो पहिलो चरणको कोष संकलनमा करिब ५० अर्ब युआन (७.४ अर्ब डलर) जुटाउने तयारी गरेको यस विषयका जानकार व्यक्तिहरूले सीएनबीसीलाई बताएका छन् ।
यो कोष संकलनपछि कम्पनीको मूल्यांकन ३५० अर्ब युआनदेखि ४०० अर्ब युआन (अर्थात् ५२ अर्ब डलरदेखि ५९ अर्ब डलर) को बीचमा हुन सक्ने ती व्यक्तिहरूले जानकारी दिएका छन् । सूचना गोप्य भएकाले उनीहरूले आफ्नो नाम सार्वजनिक गर्न अस्वीकार गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)