नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिमा ‘सकस’
corporatenepal.com · Sat Sep 19 03:30:03 GMT 2026

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिमा सरकारले निकै विलम्ब गरेको छ । प्रक्रिया सुरु गरेको पाँच महिना र उम्मेदवारको आवेदन संकलन गरेको साढे तीन महिना हुँदा पनि सरकारले नयाँ अध्यक्ष नियुक्ती गर्न सकेको छैन । यसले सरकारलाई अध्यक्ष नियुक्ति गर्न सकस भएको देखाएको छ ।
२०८२ भदौ २ गते तत्कालीन अध्यक्ष शरद ओझा बर्खास्त भएसँगै प्राधिकरणको अध्यक्ष पद रिक्त छ । गत भदौ २ गते अध्यक्ष पद रिक्त भएको एक बर्ष पुरा भएको छ । कार्यकारी पद रिक्त भएसँगै एक बर्षदेखि प्राधिकरणको काम कारवाही पनि प्रभावित भएको छ । तर, अधिकांश प्रक्रिया पुरा हुँदा पनि सरकारले प्राधिकरणको अध्यक्ष नियुक्तिमा ढिलाई गरेको छ । यसमा आवेदन दिनेहरुको नाम पनि गोप्य राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)