‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’को स्टल बुकिङ खुला
baahrakhari.com · Sat Jul 18 14:13:00 GMT 2026

काठमाडौं । नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका साथ आउँदो मंसिरमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०८३’ आयोजना गरिने भएको छ । ‘कृषिमा यन्त्र र प्रविधि ः कृषक र राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ मंसिर ४, ५ र ६ गते काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी गर्न लागिएको हो ।
उक्त प्रदर्शनीका निम्ति यही साउन १ गतेदेखि स्टल बुकिङ खुला गरिएको छ । कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)