यु–१६ राष्ट्रिय जिम्न्यास्टिक च्याम्पियनसिप सुरु
gorkhapatraonline.com · Sat Jun 06 13:11:22 GMT 2026
काठमाडौँ, जेठ २३ गते । एभरेस्ट स्कुल राष्ट्रिय यु–१६ जिम्न्यास्टिक च्याम्पियनसिपमा टोलीतर्फ (टिम) पहिलो भएको छ ।
नेपाल जिम्न्यास्टिक सङ्घको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमीकभर्डहलमा शनिबार भएको च्याम्पियनसिपमा गर्ल्स र ब्वाइजतर्फ सर्वाधिक ३५.९ स्कोर गर्दै एभरेस्ट पहिलो भएको हो । एभरेस्टको गर्ल्स टोलीले २९.७५ स्कोर ल्याउँदा ब्वाइजले ६.१५ स्कोर बटुल्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)