महानगर यातायातका १६ विद्युतीय बस सञ्चालन
nepalnews.com · Wed Jun 03 09:04:46 GMT 2026

काठमाडौँ। महानगर यातायात प्रालिले थप १६ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ।
काठमाडौँमा बुधबार शशिला मोटर्स प्रालिले महानगर यातायात प्रालिलाई विद्युतीय बस हस्तान्तरण गरेको हो। ३३ सिट क्षमता भएको नयाँ विद्युतीय बस उभिएर यात्रा गर्ने यात्रुका लागि पनि सहज डिजाइन गरिएको छ।
चीनबाट आयात गरेको उक्त बसमा १४४ किलोवाट क्षमताको सीएटीएल ब्याट्री प्रयोग भएको छ। एकपटकको ‘फुलचार्ज’मा दुई सय किलोमिटर यात्रा तय गर्न सकिने महानगर यातायातले जनाएको छ।
नयाँ बसहरूको सेवा शुभारम्भ कार्यक्रममा महानगर यातायात प्रालिका सचिव केशव नेपालले अबका दिनमा विद्युतीय सवारीसाधनको विकल्प नभएको भन्दै महानगर यातायातले यो सेवालाई प विस्तार गर्दै लैजाने जानकारी दिए। महानगर यातायात प्रालिले २८ वटा सिटी बस र २४ वटा माइक्रो गरी ५२ वटा विद्युतीय सवारीसाधन सञ्चालन गरिरहेको जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)